विज्ञापन
समाज

भिडभाड नगरी चाडपर्व मनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गैर कानुनी रूपमा चिट्ठा,जुवातास र अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय कारोबारबाट हुने ठगी नगर्न र हुन नदिन सार्वजनिक आह्वान गरेको छ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले शुक्रवार अपराह्न एक विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा भिडभाड,होहल्ला र हुलदङ्गा नगरी चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेका छन्।

प्रजिअ दाहालद्वारा जारी विज्ञप्तिमा आतिशबाजी,पटका,भुईचम्पा,बम वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, ढुवानी र प्रयोग नगर्न तथा नगराउन अपिल गरिएको छ।

विज्ञापन

अत्यावश्यक बस्तुमा कृत्रिम अभाव सृजना गर्ने,कालो बजारी,मूल्यवृद्धि,म्याद नाघेका तथा अखाद्य बस्तु बिक्री वितरण गरे हदैसम्मको कारबाही हुने चेतावनी समेत प्रशासन कार्यालयले दिएको छ।

प्रशासन कार्यालयले सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्न,मादक पदार्थ सेवन गरी सवारी नचलाउन,तोकिएको दर भन्दा बढी भाडा नलिन,ट्राफिक नियम पालना गर्न गराउन आग्रह गरेको छ।

यात्रुलाई विशेष आग्रह गर्दै प्रशासन कार्यालयले केही सहयोग आवश्यक परेमा वा केही गुनासो तथा राय भएमा फुङलिङस्थित तोक्मेडाँडामा स्थापित यात्रु सहायता कक्षमा सम्पर्क गर्न प्रशासन कार्यालयले आग्रह गरेको छ।

चाडपर्वको बहानामा धार्मिक,जातीय तथा सामाजिक सद्भाव खलल हुने कुनै पनि गतिविधि नगर्न समेत प्रशासन कार्यालयले आग्रह गरेको छ।

चाडपर्वको समयमा पनि आपूर्ति,आपतकालिन स्वास्थ्य र अन्य आपतकालिन सेवालाई नियमित बनाउन समेत प्रशासन कार्यालयले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

देउसी,भैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित,अनुशासित र सभ्य ढंगले सञ्चालन गर्न समेत प्रशासन कार्यालयले सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।