विज्ञापन
समाज

उदयपुरका र धनुषाका १२२ परिवार भूमिहिनलाई लालपुर्जा

जिल्ला भूमि समस्या समाधान समिति उदयपुरले ११६ भूमिहिन परिवारलाई लाल पुर्जा वितरण गरेको छ । लालपुर्जा पाउनेमा रौतामाई गाँउपालिकाका ३९ भूमिहिन दलित, २६ भूमिहिन सुकुम्बासी, कटारी नगरपालिकाका ४ भूमिहिन दलित, ७ भूमिहिन सुकुम्बासी र बेलका नगरपालिकाका ८ भूमिहिन दलित, ३२ भूमिहिन सुकुम्बासी परिवार रहेका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनिहरु कानुनी रूपमा जग्गाधनी बनेका छन्।

त्यस्तै धनुषाको छिरेश्वरनाथ नगरपालिका वडा नं ५ का ३ भूमिहिन दलित र ३ भूमिहिन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन्।

विज्ञापन

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।