विज्ञापन
अन्तर्राष्ट्रिय

बद्रीनाथबाट तिर्थयात्री बोकेर फर्केको हेलिकप्टर सम्पर्कविहीन

भारतको उत्तराखण्डस्थित चमोली जिल्लाको जोशीमठ नजिकै पाँच यात्रु र एक पाइलटसहित छ जना सवार हेलिकप्टर बेपत्ता भएको छ।

बद्रीनाथबाट देहरादुन जाँदै गरेको चार्ली एक्स–रे कम्पनीको हेलिकप्टरले हाथी पर्वत क्षेत्रमा सम्पर्क गुमाएपछि जिल्ला प्रशासनले अर्को हेलिकप्टरमार्फत खोजी सुरु गरेको छ।

उत्तराखण्डका विभिन्न भागमा वर्षा र हिमपात भइरहेका बेला केदारनाथ धाममा यस वर्षकै पहिलो भारी हिमपात भएको छ।

विज्ञापन

मौसम विज्ञान केन्द्रका निर्देशक डा. सिएस तोमरका अनुसार अक्टोबर २९ मा उत्तरकाशी, टिहरी र हरिद्वारका आठदेखि नौ स्थानमा भारी वर्षा भएको थियो।

आगामी केही दिन विशेषगरी पहाडी जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

मौसम प्रतिकूल हुने पूर्वानुमानपछि जिल्ला प्रशासनले तीर्थयात्रीको सुरक्षाका लागि सतर्कता बढाएको छ।

जिल्ला मजिस्ट्रेट प्रशान्त आर्यले आपत्कालीन सञ्चालन केन्द्रलाई सक्रिय राख्दै सडक तथा गङ्गोत्री र यमुनोत्री मन्दिर क्षेत्रको सीसीटीभीमार्फत निगरानी गर्न निर्देशन दिए।

प्रशासनले तीर्थयात्रीलाई चिसोबाट जोगिन र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।