विज्ञापन
अन्तर्राष्ट्रिय

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित

गाजामा हवाई आक्रमण र अन्य घटनाले प्यालेस्टिनी नागरिकको सुरक्षा तथा स्वास्थ्य जोखिममा पारेका छन् भने वेस्ट ब्याङ्कको हेब्रोनमा करिब तीन हजार नागरिक विस्थापित भएका छन्। संयुक्त राष्ट्रसङ्घले नागरिक र मानवीय सहायता कर्मचारीको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसिएचए) का अनुसार बुधबार खान युनिसमा भएको हवाई आक्रमणको भग्नावशेषले संयुक्त राष्ट्रसङ्घको गोदाममा प्रहार गर्दा केही कर्मचारी घाइते भएका थिए। पछिल्लो एक सातामा आक्रमण, आगलागी र अन्य घटनाका कारण करिब एक सय प्यालेस्टिनी परिवारले पाल तथा अन्य सामग्री गुमाएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गाजामा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण प्रमुख स्वास्थ्य समस्या बनेको छ। भीडभाड, खानेपानी तथा सरसफाइको कमजोर अवस्था र उपचारको अभावले सङ्क्रमणको जोखिम बढाएको छ।

विज्ञापन

यसैबीच, हेब्रोनका दुई छिमेकी क्षेत्रबाट करिब तीन हजार प्यालेस्टिनी विस्थापित भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। इजरायली सेनाको गतिविधि, प्रवेशमार्ग अवरुद्ध र आवागमनमा लगाइएको प्रतिबन्धले नागरिकको जीविकोपार्जन, शिक्षा तथा स्वास्थ्य सेवामा पहुँच प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

ओसिएचएले मानवीय सहायता सामग्री भित्र्याउन लगाइएका प्रतिबन्ध हटाउन, विस्थापितलाई सुरक्षित रूपमा घर फर्कने वातावरण बनाउन तथा थप जबर्जस्ती विस्थापन रोक्न आग्रह गरेको छ। साथै, प्रभावित क्षेत्रमा सहायता टोलीको सुरक्षित र निर्बाध पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएको छ।

रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।