विज्ञापन
बजार

नेप्से परिसूचक ३१ दशमलव ५४ अंकले बढ्यो

काठमाडौं।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३१ दशमलव ५४ अंकले बढेर दुई हजार ६९५ दशमलव ६० मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६ दशमलव ४१ अंकले बढेर ४८८ दशमलव २१ मा पुगेको छ। त्यस्तै फ्लोट सूचक दुई दशमलव २७ अंकले बढेर १८७ दशमलव ०१ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २५ अंकले बढेर १६५ दशमलव ३४ मा पुगेको छ।

आज विभिन्न कम्पनीका दुई करोड ३२ लाख ५८ हजार नौ कित्ता शेयर आठ अर्ब ५७ करोड ९८ हजार ८२३ मूल्यमा खरिद–बिक्री भएको छ। १३ वटै उपसमूह बढेका छन्। आज १८१ कम्पनीको शेयर बढ्यो भने ९१ कम्पनीको शेयर घट्यो।

विज्ञापन

त्यसैगरी ६ कम्पनीको शेयर स्थिर रह्यो। नेप्सेका अनुसार बेनी हाइड्रोपावर, सोपान फार्मास्युटिकल्स, नेपाल रिइन्सुरेन्स कम्पनीलगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी, नेपाल इन्फास्ट्रचर एण्ड डेभलपमेन्ट, चिर्खवा हाइड्रोपावर र सनराइज व्लुचिपलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

बजार बाट थप

थप — बजार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।