विज्ञापन
अर्थतन्त्र

नेप्सेमा सामान्य अंकको करेक्सन हुँदा कारोबार रकममा वृद्धि

शुक्रबार नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन हुँदा कारोबार रकम भने ३० करोडभन्दा बढीले वृद्धि भएको छ। दशैँ बिदा अघिदेखि बढिरहेको नेप्से कारोबार हुने साताको अन्तिम दिन शुक्रबार शुक्रबार ५.४५ अंक घटेर २६९०.१५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.५४ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक घटेको छ।

नेप्से घटेपनि कारोबार रकम भने बिहीबारको तुलनामा शुक्रबार ३३ करोडले बढेको छ। शुक्रबार ३४८ स्टकको ७४ हजार ५३ पटकको कारोबारमा ८ अर्ब ८९ करोड १५ लाख ७४ हजार रुपैयाँबराबरको २ करोड २८ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। बिहीबार ८ अर्ब ५७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको थियो।

सकारात्मक सर्किट लेभलमा कारोबार भएको बेनी हाइड्रोपावरको शेयरमूल्य ९२ रुपैयाँ ५० पैसा बढेर ७०९ रुपैयाँ ७० पैसा कायम भयो। स्वाभिमान लघुवित्त वित्तीय संस्था, लुम्बिनी विकास बैंकको शेयरमूल्यमा उल्लेख्य वृद्धि हुँदा मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.०८ प्रतिशत घटेको छ।

विज्ञापन

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको लुम्बिनी विकास बैंकको ३८ करोड ४८ लाख रुपैयाँबराबरको शेयर किनबेच भयो। शिवम् सिमेन्ट्सको ३० करोड र घलेम्दी हाइड्रोको २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

शुक्रबार १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.६१ प्रतिशतले तथा म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अर्थतन्त्र बाट थप

थप — अर्थतन्त्र

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।