विज्ञापन
राजनीति

नेपाललाई जलवायुजन्य क्षति व्यवस्थापनका लागि २० मिलियन डलर सहयोग

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का प्रतिनिधि जुलियन चेभिलार्ड (फ्रान्स) ले भेट गरी जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलगायतका विषयमा छलफल गरेका छन्।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) ले नेपाललाई २० मिलियन अमेरिकी डलर (करिब ३ अर्ब) सहयोग गर्ने निर्णय भएको छ।

आसन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा नेपालको प्रभावकारी सहभागिता सुनिश्चित गर्न तथा नेपालको प्याभिलियन व्यवस्थापनमा सहयोगबारे समेत छलफल भएको छ।

विज्ञापन

कोप–३१ को तयारी तथा कोषबाट उपलब्ध हुने भनिएको सो रकम प्राप्त गर्ने प्रक्रिया र त्यसका लागि आवश्यक पहलमा छलफल केन्द्रित रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।