विज्ञापन
खेलकुद

दशौँ राष्ट्रिय खेलकुदमा कञ्चनपुरबाट ३४२ खेलाडी छनोट

कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौँ बृहत् राष्ट्रिय खेकुलद प्रतियोगिताअन्तर्गत कञ्चनपुरबाट २२ खेलका ३४२ जना खेलाडी छनोट भएका छन्।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले तीन दिनमा जिल्ला छनोट सकेर खेलाडी आ–आफ्नो खेल प्रशिक्षणमा जुटेको बताए।

समितिका अनुसार पुरुष र महिला फुटबलमा १६/१६ जना, पुरुष र महिला भलिबलमा १२÷१२, एथ्लेटिक्समा २२ जना खेलाडी जिल्लाबाट छनोट भएका छन्।

विज्ञापन

त्यस्तै पुरुष र महिला क्रिकेटमा २८ जना, महिला तथा पुरुष कबड्डीमा १२÷१२ जना, बाँस्केटबलमा महिला १० र पुरुष १० जना खेलाडी छनोट भएका छन्।

समितिका अनुसार, ह्याण्डबलमा महिला १० र पुरुष १०, ब्याडमिन्टनमा सातपुरुष र तीनमहिला, टेबलटेनिसमा चार महिला र चार पुरुष, बुद्धिचालमा पाँच महिला र पाँच पुरुष, बक्सिङमा १० पुरुष र एक महिला छनोट भएको छ।

समितिका अध्यक्ष सिंहका अनुसार उसुमा महिला र पुरुष चार/चार, तेक्वान्दोमा १२ महिला र १२ पुरुष, करातेमा ११ पुरुष र १० महिला खोखोमा १० महिला र १० पुरुष छनोट भएका छन्।

फुलकन्ट्याक्ट करातेमा सात पुरुष र पाँच महिला, कुस्तीमा सात महिला र सात पुरुष, आइटिएफ तेक्वान्दोमा १३ महिला र ११ पुरुष खेलाडी छनोट भएका छन् भने जुडोमा पाँच पुरुष खेलाडी छनोटको छ।

जिम्नाष्टिकमा एक, रग्बीमा महिला १० र पुरुष १० तथा भारोत्तलनमा तीन पुरुष र दुई महिला खेलाडी छनोट भएको समितिले जनाएको छ।

महेन्द्रनगरस्थित कवर्डहल परिसरमा गत मंगलबारदेखि बिहीबारसम्म जिल्ला छनोटका खेलहरु सञ्चालन भएका थिए।

यता सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काले सुदूरका नौ वटै जिल्लामा जिल्लास्तरीय छनोट सकिएको जानकारी दिए।

उनले जिल्लामा छनोट भएका खेलाडीमा विवरण प्रदेश परिषद्मा आइरहेको बताए।

‘यही कात्तिक २८ गतेदेखि मङ्सिर १ गतेसम्म प्रदेशस्तरीय छनोट धनगढी र महेन्द्रनगरमा गर्ने कार्यतालिका छ’ उनले भने, ‘सोहीअनुसार तयारी भइरहेको छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।