नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्ससामु सुदूरपश्चिम रोएल्सले १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७६ रनको योगफल तयार पारेको हो।
सुदूरका लागि ओपनर विनोद भण्डारीले २७ र सैफ जैबले ३५ रन बनाए। ब्रेन्डन म्याकमुलन २४ रनमा आउट हुँदा इशान पाण्डेले २३ र थिरन्दु रत्नायकेले नटआउट २२ रन जोडे।

कर्णालीका लागि मार्क वाटले २ तथा सूर्य तामाङ, नन्दन यादव र हुसेन तालतले समान एक विकेट लिएका छन्।
कर्णालीले यसअघिका ३ खेलमा दुईमा जित निकालेको छ भने सुदूरपश्चिमले चार खेलमा २ मा जित निकालेको छ। समान चार भएका यी दुईमध्ये आजको खेलको विजेता अंक तालिकाको दोस्रो स्थानमा उक्लनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।