नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सविरुद्ध सुदूरपश्चिम रोएल्सले गतिलो ब्याटिङ प्रदर्शन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले दश ओभरको समाप्तिमा २ विकेट गुमाएर ८८ रन बनाएको छ।
ओपनर विनोद भण्डारी २७ रनमा रनआउट भए भने सैफ जैब ३५ रनमा बोल्ड भए। क्रिजमा ब्रेन्डन म्याकमुलन र कप्तान दीपेन्द्र सिंह ऐरी छन्।

कर्णालीका लागि सूर्य तामाङले एक विकेट लिएका छन्।
कर्णालीले यसअघिका ३ खेलमा दुईमा जित निकालेको छ भने सुदूरपश्चिमले चार खेलमा २ मा जित निकालेको छ। समान चार भएका यी दुईमध्ये आजको खेलको विजेता अंक तालिकाको दोस्रो स्थानमा उक्लनेछ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।