विज्ञापन
अपराध

डीडीसीका तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ

काठमाडौं। दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक, उच्च तहका कर्मचारी, चिस्यान केन्द्रका प्रमुख र अन्य कर्मचारीको मिलेमतोमा संगठित सञ्जाल खडा गरी गैरकानुनी लाभ लिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ। पक्राउ पर्नेमा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखको रूपमा कार्यरत तत्कालीन महाप्रबन्धक सञ्जीव झा रहेका छन्।

त्यसैगरी, तत्कालीन चिस्यान केन्द्रका इन्चार्जहरू विजयकुमार यादव, मनहरी शर्मा, रामकेवल राय र कर्मचारीहरू जितेन्द्रकुमार यादव, नवीन राय यादव, शिवनन्दन राय तथा विखबहादुर भण्डारी पक्राउ परेका हुन्। सीआईबीका सहप्रवक्ता तथा सूचना अधिकारी योगेन्द्रकुमार खड्काका अनुसार काठमाडौं जिल्ला अदालतबाट अनुमति लिई उनीहरूलाई २०८३ कात्तिक १३ गते विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

विज्ञापन

पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ‘आपराधिक विश्वासघात’ र सङ्गठित अपराध निवारण ऐन, २०७० अनुसार मुद्दा अघि बढाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।