विज्ञापन
पर्यटन

जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण

काठमाडौ। सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ।

स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले शनिबार जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली शिखरमा पुगेर आधारशिविर फर्किएको छ।

पहिलो आरोहणले जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहण सम्भावना पनि बढाएको तामाङले बताए। यसले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने उनको विश्वास छ।

विज्ञापन

गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले चुनौतीपूर्ण मानिएको हिमालको पहिलो आरोहण गर्न सफल स्पेनी टोलीलाई बधाई दिँदै यसले जुगल हिमशृङ्खलाको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सहयोग पुग्ने बताए।

जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्ग प्रवर्द्धन र पर्यटन पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत हिमाल, पदमार्ग तथा धार्मिक र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने गाउँपालिकाको लक्ष्य छ ।

यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ६ हजार १२६ मिटर अग्लो ग्याल्चेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले ६ हजार १८४ मिटर अग्लो जुगल–३ हिमाल आरोहण गरेका थिए । विदेशी पर्वतारोहीले २०८१ वैशाखमा पहिलोपटक जुगल–१ हिमालको सफल आरोहण गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

पर्यटन बाट थप

थप — पर्यटन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।