विज्ञापन
राजनीति

डिलाको चेतावनी : झन्डै दुईतिहाइको सरकारका कारण जनताले फेरि दुःख पाउने दिन नआओस्

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले प्रहरी संगठनमा हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काउँदा विगतमा त्यसको परिणाम भोगिसकेको भन्दै सरकारलाई सचेत गराएकी छन्।

प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप, राज्यका निकायमा स्वेच्छाचारिता, अध्यादेश र अपारदर्शी निर्णय गर्ने शैलीले सरकारप्रति थप आशा गर्नु बेकार हुने निष्कर्षमा पुगेकाहरूलाई नै बल पुग्ने उनले बताएकी छन्।

संग्रौलाले सामाजिक सञ्जालमार्फत प्रहरी संगठनको चेन अफ कमान्ड भत्काउने कार्यले राज्य सञ्चालनमा नकारात्मक प्रभाव पार्ने भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी हुन्।

विज्ञापन

‘प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काउँदाको परिणाम विगतमा हामीले भोगिसकेका छौं । राज्यका निकायहरूमा स्वेच्छाचारिता, अध्यादेश अनि अपारदर्शी निर्णय गर्ने शैलीले यो सरकारबाट थप आशा गर्नु बेकार हुने निष्कर्षमा पुगी सकेकाहरुलाई नै बल पुग्ने निश्चित छ,’ उनले लेखेकी छन्।

झन्डै दुईतिहाइको सरकारले थिति बसाल्ने अपेक्षा गरेका जनताले फेरि दुःख पाउने दिन नआओस् भन्दै उनले सरकारलाई सचेत गराएकी छन्।

‘झन्डै दुईतिहाइको सरकारले थिति बसाल्ने अपेक्षा गरेका जनताले फेरि दुःख पाउने दिन नआओस् । जय नेपाल!’ संग्रौलाले लेखेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।