विज्ञापन
अन्तर्राष्ट्रिय

ट्रम्पबारे अनौठो आवाज सुनेको दाबी, ह्वाइट हाउस नजिकैबाट भेनेजुएलाका नागरिक पक्राउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्न निर्देशन दिने आवाज सुनेको बताउने एक व्यक्ति ह्वाइट हाउस नजिकैबाट पक्राउ परेका छन्।

अमेरिकी गोप्य सेवाका अधिकारीहरूले उनको गाडीमा तीन वटा बन्दुक र दर्जनौं गोली फेला पारेपछि उनलाई पक्राउ गरेका हुन्।

अमेरिकी गृह सुरक्षा मन्त्रालयका अनुसार बिहीबार राति (स्थानीय समय) वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै पार्क गरिएको गाडीमा एक व्यक्ति शंकास्पद अवस्थामा भेटिएका थिए। गोप्य सेवाका अधिकारीहरूले उनीसँग सोधपुछ गर्दा उनले आफ्नो टाउकोमा केही आवाज सुनिएको र ती आवाजले राष्ट्रपति ट्रम्पलाई मार्न भनेको बताए।

विज्ञापन

पक्राउ पर्ने व्यक्ति रोनी योर्डिक्स गुआनिपा क्रिनोस रहेको अधिकारीहरूले बताएका छन्। उनको गाडी चोरी भएको उजुरी परेको पनि अनुसन्धानका क्रममा खुलेको छ। गाडीको खानतलासी गर्दा तीन वटा बन्दुक र दर्जनौं गोली भेटिएका थिए।

अधिकारीहरूका अनुसार क्रिनोस भेनेजुएलाका नागरिक हुन्। उनी सन् २०२४ को मार्चमा टेक्सास हुँदै अमेरिका प्रवेश गरेका थिए। अमेरिकी अधिकारीहरूले उनीमाथि विभिन्न आरोप लगाएका छन्। हाल उनी अमेरिकी मार्शल सेवाको हिरासतमा छन्।

अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले गोप्य सेवाका अधिकारीहरूको प्रशंसा गरेका छन्। उनले भने, ‘गाडीमा तीन वटा बन्दुक बोकेर हिँडेका ती व्यक्तिलाई कसैलाई हानि पुर्‍याउनुअघि नै ह्वाइट हाउस नजिकै पक्राउ गर्न सफल भएका अधिकारीहरूलाई धन्यवाद।’

ह्वाइट हाउसले भने घटनाबारे छुट्टै प्रतिक्रिया दिएको छैन। उसले यस विषयमा गृह सुरक्षा मन्त्रालय र गोप्य सेवासँग जानकारी लिन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।