विज्ञापन
विविध

चक्रवातको असरले बिजुली जान सक्ने, सतर्क रहन आग्रह

काठमाडौं।सम्भावित चक्रवातका कारण कात्तिक १३ र १४ गते देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिकूल मौसमले विद्युत् संरचनामा क्षति पुर्‍याउन र सेवा अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ। सेवा नियमित राख्न तथा सम्भावित क्षति मर्मत गर्न कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जोखिमयुक्त स्थानमा नजान, विद्युतीय उपकरण सावधानीपूर्वक प्रयोग गर्न र विद्युत् संरचनामा क्षति वा सेवा अवरुद्ध भएमा सम्बन्धित वितरण केन्द्रमा खबर गर्न अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।