विज्ञापन
क्रिकेट

काठमाण्डुद्वारा ब्याटिङ, जनकपुरको टोलीमा दुई परिवर्तन

काठमाडौं।नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमाण्डु गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सुरु भएको हो।

काठमाण्डुको यो प्रतियोगितामा पहिलो खेल हो। जनकपुर भने पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। आजको खेलका लागि जनकपुरले टोलीमा दुई परिवर्तन गरेको छ। जिम्मी निसम र आदित्य महताको स्थानमा सैफ हसन र अमरसिंह राउटेलाले प्लेइङ–११ मा स्थान पाएका छन्।

काठमाण्डुको कप्तानी करण केसी र जनकपुरको कप्तानी हरमित सिंहले गरिरहेका छन्। एनपिएलमा आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्ने छन्। उक्त खेल अपराह्न ५ बजे सुरु हुनेछ। आठ टोली सहभागी प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

क्रिकेट बाट थप

थप — क्रिकेट

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।