नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्समा अनुबन्ध भएका दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आउने भएका छन्।
मिलर बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको कर्णाली याक्सले जनाएको छ।
जारी लिगमा कर्णालीले तीन खेल खेलिसकेको छ। जसमा उसले २ मा जित र एकमा हार भोगेको छ।

आक्रामक ब्याटिङका लागि परिचित मिलरको आगमनले कर्णाली याक्सको टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। कर्णालीले आफ्नो चौथो खेल शुक्रबार सुदूरपश्चिम रोएल्ससँग खेल्नेछ। सम्भवत:प्रशिक्षकले सोही खेलमा मिलरलाई डेब्यू गराउनेछन्।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।