विज्ञापन
खेलकुद

एनपिएल : कर्णालीविरुद्ध बलिङ गर्दै काठमान्डु, डेविड वार्नरले डेब्यू गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध टस जितेको छ।

टियू क्रिकेट मैदानमा भएको टस जितेर काठमान्डुका कप्तान करण केसीले पहिला बलिङ गर्ने निर्णय गरेका छन्।

आजको खेलमा अस्ट्रेलियाका ब्याटर डेविड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएलमा डेब्यू गर्दैछन्।

विज्ञापन

वार्नरले अस्ट्रेलियाका लागि ११२ टेस्ट, १६१ एकदिवसीय अन्तर्राष्ट्रिय र ११० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले अन्तर्राष्ट्रिय क्रिकेटमा झन्डै १९ हजार रन बनाएका छन्।

उनी अस्ट्रेलियाले २०२१ मा टी–२० विश्वकप, २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्ने अस्ट्रेलियाली टोलीका सदस्यसमेत हुन्।वार्नरले टेस्ट क्रिकेटमा पाकिस्तानविरुद्ध अविजित ३३५ रन बनाएका थिए।

यस्तो छ दुबै टिमको प्लेइङ–११

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।