विज्ञापन
खेलकुद

मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले खेलको उत्तरार्धमा निर्णायक गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्यु इङ्ग्ल्याण्ड रिभोलुसनलाई २-१ ले हराएको छ।

रोमाञ्चक खेलमा मेस्सीको गोल इन्टर मियामीको जितमा निर्णायक बनेको थियो।

सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने खेलले नाटकीय रूप लियो। खेलको ५३औँ मिनेटमा ड्यानियल गज्दागले गोल गर्दै घरेलु टोली न्यु इङ्ग्ल्याण्डलाई अग्रता दिलाए। उनलाई इले फेइनगोल्डले गोलका लागि पास दिएका थिए।

विज्ञापन

एक गोलले पछि परेको इन्टर मियामीले बराबरीका लागि आक्रमण तीव्र बनायो। त्यसको १६ मिनेटपछि अर्थात् ६९औँ मिनेटमा जर्मन बर्टेरामले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। टेलास्को सेगोभियाले सिर्जना गरेको अवसरलाई उनले गोलमा परिणत गरेका थिए।

खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८३औँ मिनेटमा मेस्सीले गोल गरे। उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले जाली चुमेपछि इन्टर मियामीले २–१ को अग्रता लियो। मेस्सीको यही गोल टोलीको जितमा निर्णायक बन्यो।

खेलको अन्तिम समयमा न्यु इङ्ग्ल्याण्डले बराबरी गोल गरेको थियो। घरेलु समर्थकले खुसी मनाए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को जाँचपछि उक्त गोललाई मान्यता दिइएन। त्यसपछि इन्टर मियामीले अग्रता जोगाउँदै महत्त्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो।

यस खेलअघि न्यु इङ्ग्ल्याण्ड ५८ अंकसहित पूर्वी सम्मेलनको दोस्रो र इन्टर मियामी ५६ अंकसहित तेस्रो स्थानमा थिए। जितसँगै इन्टर मियामीले ५९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ भने न्यु इङ्ग्ल्याण्ड ५८ अंकसहित तेस्रो स्थानमा झरेको छ।

यस जितले इन्टर मियामीलाई शीर्ष स्थानको टोलीसँगको दूरी घटाउने दौडमा थप बलियो बनाएको छ। पछिल्लो खेलमा बराबरी खेलेको मियामीले यसपटक दुई गोल गर्दै पुनरागमन जित निकाल्न सफल भयो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।