विज्ञापन
खेलकुद

रोनाल्डोले उज्बेकिस्तानविरुद्धको खेल गुमाउने

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सोमबार उज्बेकिस्तानको पख्तकोरविरुद्ध हुने एएफसी च्याम्पियन्स लिग एलिटको खेल नखेल्ने भएका छन्।

अल-नासरका प्रशिक्षक एन्ज पोस्टेकोग्लुले रोनाल्डोसहित किंग्सले कोमान र मोहम्मद सिमाकनलाई उज्बेकिस्तान भ्रमण गर्ने टोलीमा समावेश गरेका छैनन्।

पख्तकोर र अल-नासरबिचको खेल सोमबार तासकन्दस्थित पख्तकोर सेन्ट्रल स्टेडियममा नेपाली समयअनुसार बेलुका ७:३० बजे सुरु हुनेछ। रोनाल्डोको अनुपस्थितिमा अल-नासरले साडियो माने र जोआओ फेलिक्सजस्ता खेलाडीबाट अग्रपङ्क्तिमा राम्रो प्रदर्शनको अपेक्षा गर्नेछ।

विज्ञापन

गत साता साउदी प्रो लिगमा अल-खोलुदविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोको करियर गोल संख्या ९८५ पुगेको छ। राम्रो लयमा रहेका रोनाल्डोलाई लगातारका खेल र लामो यात्राका कारण आराम दिइएको प्रशिक्षक पोस्टेकोग्लुले बताएका छन्।

उज्बेकिस्तानमा आयोजित पत्रकार सम्मेलनमा पोस्टेकोग्लुले खेलको चाप र यात्राको दूरीलाई ध्यानमा राख्दै रोनाल्डो, कोमान र सिमाकनलाई आराम दिएको बताए। सिजनको सुरुवातमा कठिनाइ भए पनि टोली अहिले राम्रो अवस्थामा पुगेको उनको भनाइ थियो।

पहिलो पटक एसियाली उपाधि जित्ने लक्ष्य राखेको अल-नासरले प्रतियोगितामा अपेक्षाअनुसार सुरुवात गर्न सकेको छैन। प्रतियोगिताको पूर्वी र पश्चिमी क्षेत्रमा १६-१६ टोली छन्। दुवै क्षेत्रका समूहबाट शीर्ष आठ टोली नकआउट चरणमा पुग्नेछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।