काठमाडौं।स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज ६ सदस्यीय प्रतिनिधिमण्डलसहित सोमबार काठमाडौं आइपुगेका छन् ।
सभामुख डीपी अर्यालको निमन्त्रणामा आएका पेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संसदीय मैत्री समूहकी संयोजक खुश्बु ओलीले स्वागत गरेकी थिइन् ।
नेपाल भ्रमणका क्रममा उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणले नेपाल–स्विट्जरल्यान्डबीचको संसदीय सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।