विज्ञापन
अन्तर्राष्ट्रिय

एआई कम्पनीका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति

हुरुनका अध्यक्ष रुपर्ट हुगेवर्फका अनुसार सूचीमा रहेका १६० जना अर्थात् करिब १० प्रतिशतले एआईबाट सम्पत्ति आर्जन गरेका छन्।

बाइटडान्सको ‘डुबाओ’ चीनमा सबैभन्दा बढी प्रयोग हुने एआई सहायक बनेको छ। यही कम्पनी लोकप्रिय छोटो भिडियो मञ्च डुइन र टिकटकको पनि सञ्चालक हो।

बोतलको पानीका व्यवसायी झोङ सानसानको सम्पत्ति २३ प्रतिशत घटेर ६१ अर्ब अमेरिकी डलरमा सीमित भएपछि उहाँ दोस्रो स्थानमा झरेका छन्।

विज्ञापन

विद्युतीय सवारीसाधनका लागि ब्याट्री उत्पादन गर्ने विश्वकै ठूलो कम्पनीका प्रमुख रोबिन जेङ तेस्रो स्थानमा छन्।

एआई कम्पनी डीपसिकका संस्थापक लियाङ वेनफेङ सातौँ र एआई चिप निर्माता क्याम्ब्रिकनका अध्यक्ष चेन तियान्सी दसौँ स्थानमा छन्।

एआई, अर्धचालक र रोबोटिक्स क्षेत्रका उद्यमीको सम्पत्ति बढे पनि उपभोक्ता र घरजग्गा क्षेत्रका व्यवसायीको सम्पत्ति घटेको हुरुनले जनाएको छ।

चिनियाँ विद्युतीय सामग्री निर्माता साओमीका अध्यक्ष लेइ जुनको सम्पत्ति आधा घटेर २५ अर्ब १० करोड अमेरिकी डलरमा झरेको छ।

पहिलोपटक चीनको मुख्यभूमिमा आधारित कुनै पनि रियलस्टेट डेभलपर शीर्ष १०० धनीको सूचीमा परेका छैनन्।

सरकारी सहयोगका कारण एआई र विद्युतीय सवारीसाधन उद्योग विस्तार भइरहेका बेला उपभोक्ताले खर्च घटाउँदा साना व्यवसाय प्रभावित भएका छन्। घरजग्गा बजारको लामो मन्दीले पनि आन्तरिक माग कमजोर बनाएको छ।

चीनको अर्थतन्त्र जुलाईदेखि सेप्टेम्बरसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढेको थियो।

चीनले यस वर्ष ४.५ देखि पाँच प्रतिशतसम्म आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। यो गत वर्षको पाँच प्रतिशत वृद्धिभन्दा केही कम हो।एपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।