विज्ञापन
खेलकुद

आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया सुरु, क्रिकेट प्रतियोगिता सञ्चालन सहज हुने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्। तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाअन्तर्गत फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला निर्माण गरिने उनले बताएका हुन्।

मन्त्री लम्सालका अनुसार प्रस्तावित रंगशालाहरू ‘होम एन्ड अवे’ प्रणालीमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी निर्माण गर्ने योजना छ। यसबाट नेपाल प्रिमियर लिग (एनपीएल) लगायतका क्रिकेट प्रतियोगिता देशका विभिन्न सहरमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चार्डपर्वको उल्लासबीच नेपाली क्रिकेटको पर्वका रूपमा लिइने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। प्रतियोगिता सुरु हुन लागेका बेला मन्त्री लम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजना सार्वजनिक गरेका हुन्।

विज्ञापन

उनले योजनाले नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै नेपाल क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुरूप आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

आठ सहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने योजना कार्यान्वयन भए देशका विभिन्न क्षेत्रमा क्रिकेट प्रतियोगिता आयोजना गर्न सहज हुने र स्थानीय खेलाडीले समेत थप अवसर पाउने अपेक्षा गरिएको छ।

मन्त्री लम्सालले एनपीएलको सफल आयोजनाका लागि शुभकामना पनि दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।