पाल्पा।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये सोही गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।
सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। एक बालकसहित पाँच जना घाइतेको अवस्था सामान्य छ।
बल्घाबाट कटौजेतर्फ गइरहेको लु प्र ०१००१ ह २४४४ नम्बरका अटोमा चालकसहित आठ जना सवार रहेको प्रहरीले जनाएको छ। अटो अनियन्त्रित भई सडकबाट १५० मिटर तल खसेको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।