हिन्दी चलचित्र कलाकार सोनू सूदको महाशिवरात्री सन्देशको गलत टिप्पणी

    २८ फागुन, २०७७



बलिउड । नायक सोनू सूदले ट्वीटरमा शिवरात्रीको अवसरमा सामाजिक सञ्जालमा लेखेको म्यासेजको कारण शिवभक्तहरुले गलत टिप्पणी उठाएको समाचार प्रकाशमा आएको छ ।

सोनुले ट्वीट गर्दै लेखेका थिए,“ शिव भगवानको फोटो शेयर गरेर शिवरात्री नमनाऊ । बरु अरु कसैलाई मद्वत गरौं । ॐ नमः शिवाय ।” 

यही सन्देशका कारण उनका ट्विीटर युजरहरु रिसाएको बुझिएको छ । उनका ट्वीटर युजर अल्का ठाकुरले ट्वीटरमा प्रकिृया दिँदै लेख्न भ्याएकी छिन्, “ हिन्दुधर्ममा ज्ञान बाड्नु राम्रो कुरा हो । म आपत्ती जनक मान्छु ।”

अर्का युजर वैदिक भारतले भनेका छन् कुनै धार्मिक स्वतन्त्रता को बारेमा बोल्नु नसुहाँउदो कुरो हो । यस्तै अरु धेरै फलोअरहरुले उनको टिप्पणीको विरोध गरेको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

सोनुको नयाँ चलचित्र “पृथ्वीराज” बजारमा प्रदर्शन हुने बताइएको छ । उक्त चलचित्रमा नायक द्वय संजय दक्त र अक्षय कुमार नायिका मानुषी छिल्लरको प्रमुख भूमिका रहने बताइएको छ भने चलचित्रमा इ निवासको निर्देशन रहने बताइएको छ । एजेन्सी
 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post