कोरोना संकटका बीच परेश रावलले लाउन भ्याए भ्याक्सिन, प्रधानमन्त्री प्रति आभार व्यक्त

    २६ फागुन, २०७७



बलिउड । परेश रावललाई हिन्दी सिनेजगतका ख्याति प्राप्त अभिनेता तथा कुशल राजनीतिज्ञ हुन् भन्दा फरक पर्दैन । उनको जन्म सन् १९५५ मे ३० तारिको दिन मुम्बईमा भएको थियो । 

हालै उनले कोरोनाको संक्रमणपछि भ्याक्सिन लाउन सफल भएका छन् । यो विषय अहिले भारतीय संचार माध्यममा भाइरल भएको बताइएको छ । भ्याक्सिन लगाएको तस्विर उनले ट्वीटरमा शेयर गरेको बताइएको छ । यसै कारण उनको अनुहारमा एक प्रकारको चमक देखिएको बताइएको छ । फोटो शेयर गरेपछि परेश रावलले लेखेका छन्,“सबै वैज्ञानिक र डाक्टरलाई आभार आदरणीय मोदी ज्यूलाई पनि आभार”

परेश रावलले ट्वीट कमेन्ट गरेपछि सन्देश भाइरल भएको बताइएको थियो भने त्यसपछि खोप लाउने कलाकारहरुमा सैफ अली खान, राकेश रोशन, कमल हसन र हेमा मालिनी रहेको बताइन्छ ।
एजेन्सी 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post