महामारीकै बीच सके अक्षयले ‘बेल बटम’ को छायांकन !

 कोरखबर   १५ असोज, २०७७



एजेन्सी । लकडाउन खुलेसँगै महामारीको समयमै स्कटल्यान्डमा छायांकनमा फर्किएको अभिनेता अक्षय कुमारको चलचित्र ‘बेल बटम’को छायांकन सकिएको छ ।

यो समयले काम गर्ने फरक तरिकाको अनुभूति गराएको भन्दै ‘बेल बटक’ टिमले विश्वव्यापी रुपमा चलचित्र उद्योगलाई फेरि काम सुरु गरी दर्शकलाई मनोरञ्‍जन दिन प्रेरित गर्नेमा अक्षयले आशा व्यक्त गरे । चलचिमा अक्षयसँगै वाणी कपुर, लारा दत्त, हुमा कुरेसी पनि देख्‍न सकिन्छ ।

स्पाई-थ्रिलर ‘बेल बटम’ रञ्‍जित तिवारीले निर्देशन गरेका हुन् । भने चलचित्र  २०२१ को अप्रिल २ मा रिलिज मिति तोकिएको छ । महामारीकै समयमा २०० क्रू सदस्यसहित चलचित्र टिम अगस्तमा चार्टर्ड उडानबाट स्कटल्यान्ड उडेका थिए । अगस्तदेखि सेप्टेम्बरसम्म ४५ दिनमा चलचित्रको छायांकन सकेएर टिम लन्डन उडेको थियो । 

चलचित्रको छायांकन सकिएको भन्दै अक्षयले इन्स्टाग्राममार्फत पनि जानकारी दिएका छन् । चलचित्रको रिलिज मितिसहितको पोस्टर सेयर गर्दै उनले लेखेका छन्, “एक्लैले हामीले थोरै गर्न सक्छौं, तर सामूहिक पहलमा हामीले धेरै गर्न सक्छौं । यो टिमवर्क हो र म मेरो सबै टिम सदस्यप्रति कृतज्ञ छु । बेल बटमको छायांकन सकिएको छ ।” -बलिउड हंगामा

 

 

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post