‘कमेडी च्याम्पियनको सिजन–२ माघ महिनाबाट !

 कोरखबर   २ पौष, २०७७


पुष २, काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आउदो माघबाट प्रशारणमा आउने भएको छ । स्ट्याण्ड–अप कमेडीमा आधारित यो रियालिटी शोका निर्देशक विशाल भण्डारी रहेका छन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने शोको अहिले अडिसन चरणको छायाँंकन शुरु भएको छ । कार्यक्रममा सहभागिता जनाउनका लागि ६ हजार भन्दा बढी सहभागिले अनलाईन मार्फत डिजिटल अडिसन दिएको निर्देशक भण्डारीले जानकारी दिए ।

डिजिटल अडिसनका लागि प्राप्त भिडियाको प्रारम्भिक मूल्यांकनपछि १ सय ८० जना प्रतिस्पर्धीलाई सामाजिक दुरी पालना गर्दै भौतिक अडिसनका लागि बोलाइएको छ । पुस १ गते बुधवारदेखि सुरु भएको अडिसन शनिवारसम्म चल्नेछ ।

अघिल्लो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा नै यो सिजनमा पनि निर्णायकको रुपमा रहेका छन् । केकी अधिकारी निर्मात्री रहेको यो कार्यक्रम रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post