अमिताभ बच्चनलाई मोतियाविन्दु ,सोमबार उपचार हुने

    १७ फागुन, २०७७



बलिउड । बलिउडका महानायक अमिताभ बच्चन “बिग बि” लाई मोतियाविन्दु भएको समाचार उनकै नीजि व्लगबाट खुलाइएको छ । ७८ वर्ष अभिताभले आफ्नो व्लगमा लेख्दै भनेको छन्,“ मेडिकल कन्डिसन सर्जरी  गाह्रो छ । एबि”

अरु जानकारी केही दिइएको छैन । बिग बि अमिताभलाई समस्या परेको सञ्चार माध्यममा आएको छ । 

अब उनले अप्रेसन गर्ने नगर्ने आफँै फैसला गर्नेे बताएका छन् । जसरी भए पनि उनको सर्जरी हुने निश्चित भएको भने पक्कै हो । २४ घण्टा उनी चिकित्सकको निगरानीमा हुनेछन् । उनको लेजर अप्रेसन हुने बताइएको हो ।

हालै उनी कोरोना भाइरसको कारण संक्रमित भएको थिए । उनको साथै छोरा अभिषेक बच्चन तथा बुहारी ऐश्वर्य राय बच्चन पनि कोभिड–१९ को कारण विरामी भएका थिए ।

हालसालै अजयदेवगणद्वारा निर्मित हिन्दी कथानक चलचित्र“मे डे” मा उनको सुटिङ्ग चलिरहेको छ भने उनको चलचित्र हलहरुमा प्रदर्शन हुने चलचित्रहरुमा “चेहेरे”, “झुन्ड”, “ब्रम्हास्त्र” र “बटरफ्ल्याई” रहेका छन् ।
एजेन्सी



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post