नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोनाभाइरस संक्रमणबाट उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।
समाजवादी पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन् ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी) अन्तर्गत लुम्बिनी क्षेत्रीय समन्वय समिति भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।
सरकारले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन् ।
कोरोना भाईरसको संक्रमण फैलिउपछि शुक्रबार दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भनेपनि संसद सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जनाएको हो ।
कोरोना भाइरसको सन्त्रास बढेका कारण प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले चैत मसान्तसम्म क्रियाशिल सदस्य वितरण स्थगन गरी कोभिड(१९ बारे सचेतना अभियानमा थप सक्रिय हुने भएको छ।
सरकारले सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन्।