कांग्रेसको क्रियाशिल सदस्यता वितरण स्थगित

    २४ चैत, २०७६



कोरोना भाइरसको सन्त्रास बढेका कारण प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले चैत मसान्तसम्म क्रियाशिल सदस्य वितरण स्थगन गरी कोभिड(१९ बारे सचेतना अभियानमा थप सक्रिय हुने भएको छ।

बिश्वब्यापी रुपमा फैलिएको प्राणघातक कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ठूला भेला र सम्मेलनहरु यसअघि नै स्थगित गरेको कांग्रेसले १४औं महाधिवेशन तयारीसँग सम्बन्धित क्रियाशिल सदस्यता नवीकरण र वितरण एवं बाँकी समायोजन कार्य पनि स्थगित गरेको हो।

‘पछिल्लो समयमा अत्याधिक रुपमा बढेको कोरोना भाईरसको जोखिमबाट थप सतर्कताका लागि चैत ९ देखि लागू हुनेगरी ती कार्य ०७६ चैत मसान्तसम्मका लागि स्थगित गरिएका छन्,’ प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

उनका अनुसार सहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घरघरसम्म कोरोना सचेतना अभियानमा पार्टी पंक्तिको क्रियाशिलता भने सतर्कतापूर्वक विविध ढंगले जारी रहने जानकारी दिएका छन्।

‘जिल्ला, क्षेत्र, गाउँ नगर हुँदै टोल तहसम्म जोखिम सामना गर्ने राष्ट्रिय दायित्व निर्वाहमा नेपाली कांग्रेसको सम्बन्धित तहका साथीहरूले विभिन्‍न दल, समुदाय र स्वास्थकर्मीहरुसँग आवश्यक समन्वय, सहयोग र स्वयंसेविको भूमिका निभाउनु हुनेछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

उनका अनुसार सचेतना अभियानमा सञ्चारका विविध माध्यमको प्रयोगमा तिब्रता दिइनेछ।

स्थलगत सांगठनिक गतिविधि रोकिएको यो अवधिमा पनि मूलतः कोरोना सचेतना अभियानको आवश्यकताअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यालय खुला रहने उनले जानकारी दिएका छन्।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post