विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

 कोरखबर   २० असोज, २०७८



असोज २०,धनुषा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइएको छ । सत्तापक्षले विश्वासको मत लिने तयारी गरिरहेका बेला प्रतिपक्षले संसद अवरोध गर्ने तयारी गरेको छ । 

मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन संसद् बैठक बोलाइएको हो । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक, कानुनी व्यवस्थाअनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री राउतको पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ, जसले गर्दा मुख्यमन्त्री राउतले विश्वासको मत लिनुपर्ने भएको हो । प्रदेशसभा २ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता समेतरहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य संख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने सत्तापक्षको दाबी छ । कुल १०७ सदस्य संख्या रहेको प्रदेशसभामा हाल कायम रहेका सदस्यको संख्या १०४ छ । सरकार टिकाउनका लागि आवश्यक पर्ने संख्या ५३ हो ।

सरकारको नेतृत्व गरिरहेको जसपासँग ३८ सांसद छन् । सत्तापक्षीय गठबन्धनमा रहेको नेपाली  काँग्रेससँग १९ साँसद छन् भने माओवादीसँग ८ र नेकपा (एकीकृत समाजवादी) सँग १३ साँसद छन् । यी सबै दलको संख्या जोड्दा ७८ पुग्छ, जुन मुख्यमन्त्री राउतका लागि सुविधाजनक बहुमत हो । प्रदेशसभाको प्रतिपक्षमा रहेका एमालेसँग ८ र लोकतान्त्रिक समाजवादीसँग १७ सांसद छन् । प्रतिपक्षसँग २५ सांसद मात्र रहेकाले प्रदेश २ सरकार ढल्ने सम्भावना छैन ।

प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले राउत सरकार अवैधानिक भएको दाबी गरेका छन् । जसपाबाट छुट्टिएर लोसपाले भदौ ९ मा निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएकाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान उल्लंघन भएको उनको आरोप छ ।

सोनलले बुधबार विश्वासको मत लिने क्रममा संसद् अवरुद्ध गर्ने चेतावनीसमेत दिए । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !


एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !


सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने


राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post