असार ३, काठमाडौँ । दुई अध्यक्षबीच आधिकारिकता विवादमा परेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले सशरीर निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । ५१ सदस्सीय कार्यकारिणी समितिका ३० सदस्य उपस्थित यादव पक्षको बैठकले आधिकारिकता दावी गर्न आयोगमा उपस्थित हुने निर्णय गरेको हो ।
बैठकले आधिकारिकता दावी गर्न नागरिकतासहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ, पार्टीका नेता डम्बर खतिवडाले भने ।
अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आधिकारिकता दावी गरेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।