एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

 कोरखबर   १७ भदौ, २०७८



भदौ १७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सिन्धुपाल्चोकमा पार्टी परित्याग गर्ने नेताहरूमाथि धरपकड गर्दै बन्धक बनाएको आरोप लागेको छ। एमाले नेताहरुले नवगठित नेकपा ९एकीकृत समाजवादी० तिर लागेका जननिर्वाचित प्रतिनिधिमाथि धरपकड गरेर बन्धक बनाएको आरोप लागेको हो।

एमालेले  गत मंगलबार समाजवादी एकीकृतले मेलम्चीमा गरेको कार्यक्रममा सहभागी हुन आइरहेका जनप्रतिनिधिमाथि धरपकड गरेको उपाध्यक्ष भगवती नेपालले जानकारी दिइन्। उनकाअनुसार एक जना वडाध्यक्षलाई एमालेका नेता–कार्यकर्ताहरुले बन्धक नै बनाएको पनि बताइन्।

‘अस्ति हामीले एमाले छाडेर एकीकृत समाजवादी छान्न इच्छुक जनप्रतिनिधिहरुको कार्यक्रम गरेका थियौँ,’ उपाध्यक्ष नेपालले भनिन्, ‘कार्यक्रममा आउँदा गर्दा एक जना वडाध्यक्षलाई एक घरमा थुने छन्।’

उनले एमालेले बन्धक बनाएका वडाध्यक्षको नाम भने खुलाउन मानिनन्। ‘नाम भन्न मिलेन। उहाँ कार्यक्रम आयोजनाको सल्लाह गर्दा सँगै हुनुहुन्थ्यो। कार्यक्रममा देखिनुभएन,’ नेपालले भनिन्, ‘पछि बुझ्दा उहाँलाई एउटा घरमा थुनिएको रहेछ।’

सिन्धुपाल्चोकमा एमालेका नेताहरुले एकीकृत समाजवादी छान्न इच्छुक जनप्रतिनिधिलाई पार्टी परित्याग नगर्न व्यापक दबाब दिइरहेका स्रोतको भनाइ छ। तर, उपाध्यक्ष नेपालले त्यसलाई दबाब नभएर प्रयत्नका रुपमा अर्थ्याइन्।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !


सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने


राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post