राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता

 कोरखबर   २४ बैशाख, २०७८



बैशाख २४, काठमान्डौ । आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपविर्नाचनका लागि तीन जनाले उम्मेदवार दर्ता गरेका छन् । नेकपा एमालेबाट रामबहादुर थापा बादल र विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । 

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा बादल र देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेका छन् ।

स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।

देवकोटाको प्रस्तावकमा नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र समर्थक नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक राधा घले रहेकी छन् ।

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीले पनि छुट्टै उम्मेदवारी दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङको प्रस्तावकमा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं र समर्थकमा सिर्जना सैंजु रहेका छन् ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post