देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

 कोरखबर   २९ बैशाख, २०७८



२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपालबीच सहमति भएको छ । त्यसको लागि नेपाल पक्षधर २८ जना सांसदले नै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्म संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् ।

कांग्रेसले माओवादी केन्द्र र जसपाको समर्थनमा नयाँ सरकार गठन गर्ने गृहकार्य थालेको छ । तर, जसपाको सिंगो साथ नपाउने भएपछि कांग्रेस सभापति देउवाले माधव नेपाल पक्षको साथ खोजेका हुन् । नेपाल पक्षधर सबै सांसदले राजीनामा दिए उपनिर्वाचन गराएर उनीहरु सबैलाई जिताएर ल्याउने देउवाले नेता नेपाललाई वचन दिएका छन् । हिजो राति अवेरसम्म देउवा निवासमा माधव नेपाल र भीम रावलले गोप्य भेटवार्ता गरेका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउनको लागि आवश्यक सहयोग गर्ने वचन नेता नेपालले दिईसकेका छन् । विश्वस्त सूत्रकाअनुसार नेपाल पक्षका २७ गते संसद बैठकमा अनुपस्थित् सबै सांसदले भोलि विहान ९ बजेसम्म सामूहिक राजीनामा दिनेगरि गृहकार्य थालेका छन् । तर, देउवा र नेपालबीच एक वर्षपछि चुनाव गराउने र उक्त चुनावी सरकारको नेतृत्व नेपालले गर्नेबारे पनि सहमति भएको छ ।

तत्काल माधव नेपाल पक्षका कम्तिमा ६ जनालाई मन्त्री बनाउनपनि देउवा राजी भएका छन् । नेपाल पक्षधर सांसदहरु अब अध्यक्ष ओलीसँग सम्झौता गर्ने पक्षमा छैनन् । यसको संकेत आज विहान नेता घनश्याम भुषालको सार्वजनिक टिप्पणीले पनि गरिसकेको छ । उनले ओलीसँग अब आत्मसर्मण नगर्ने बताईसकेका छन् ।



 प्रतिक्रिया


 थप राजनीतिक खबर

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !


विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !


माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित


आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post