असोज ११,काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा शुरू भएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने र मन्त्रीहरूको नामबारे पनि टुंगो लाग्ने बताइएको छ ।
यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीको नाम चाँडो दिन नेताहरूलाई पटक–पटक आग्रह गरेका थिए ।