एउटै मञ्चमा धेरै पूर्वप्रधानमन्त्री देख्दा भारतिय नेता अचम्मित !

 कोरखबर   २४ मंसिर, २०७८



मंसिर २४, काठमाण्डौ । भारतीय जनता पार्टी (भाजपा) का नेता हर्षवर्द्धनले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई लिएर प्रशंसा गर्नुभएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै भाजपा नेता हर्षवर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म नदेखेको बताउनुभएको छ । उहाँले यस्तो दृश्य भारतमा भएका कार्यक्रममा पनि नदेखेको बताउनुभएको हो । यस्तो दृश्य पहिलो पटक देखेको भाजपा नेता हर्षवर्द्धनको भनाइ थियो। 

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘एउटै मञ्चमा एकै साथ यति धेरै पूर्वप्रधानमन्त्री अहिलेसम्म देखेको थिइनँ । भारतमा पनि देखेको थिइनँ । म सबैलाई नमन गर्न चाहन्छु ।’

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा पूर्वप्रधामन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दका साथै विभिन्न पार्टीका शीर्ष नेता सहभागी हुनुभएको छ । भाजपा नेता हर्षवर्द्धनले एउटै कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताहरू उपस्थित हुनु नौलो विषय भएको बताउनुभयो । 



 प्रतिक्रिया


 थप राजनीतिक खबर

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !

विश्वास मत लिने तयारीमा मुख्यमन्त्री राउत, एमाले र लोसपाले संसद अवरुद्ध पार्ने !


शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !

शुरू भयो माओवादी केन्द्रको स्थायी कमिटी बैठक !


एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

एमालेले घरमै थुन्न थाल्यो एकीकृत समाजवादीतिर लाग्ने जनप्रतिनिधिलाई !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !

माधव नेपाल नेकपा एसको संसदीय दलको नेता बन्दै !


देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !

देउवा निवासमा कांग्रेस केन्द्रीय समिति बैठक जारी !


सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

सर्वोच्चको आदेशपछि एमाले : फैसला अप्रत्यासित

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने

आधिकारिकता दावी गर्न उपेन्द्र यादवपक्ष निर्वाचन आयोगमा उपस्थित हुने


देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने

देउवा र माधव नेपालबीच सहमति : नेपाल पक्षका २८ जना सांसदले नै राजीनामा दिने, चुनावी सरकारको नेतृत्व नेपालले गर्ने


राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रियसभा उपनिर्वाचनका लागि बादल र देवकोटा सँगै ३ जनाको उम्मेदवारी दर्ता



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post