काठमाडौं । सरकारले वैदेशिक रोगजारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ । यसका कारण रोजगारीका लागि विभिन्न मुलुकमा जाने तयारीमा रहेकाहरु रोकिएका छन् ।
सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले वैदेशिक रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी आग्रह गरेका हुन् । उनले भने, ‘म सानो काम गर्दिन, टेबल वर्क मात्र गर्छु भनिदिनु भएन ।’