देवेन्द्र बब्लुको " मायाले नि के के गर्च गर्च " सार्वजनिक (भिडियो)

 कोरखबर   ६ मंसिर, २०७७


मंसिर ६,काठमाडौं । गायक तथा संगीतकार देवेन्द्र बब्लुको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको " मायाले नि के के गर्च गर्च " बोलको गीतमा बब्लुसँगै एलिना चौहानले स्वर दिएकी छिन्।

गीतको शब्द हर्क साउदले लेखेका हुन् भने संगीत बब्लु आफैँले भरेका छन्। सार्वजनिक गीतको भिडियोमा गायक बब्लुसँगै रोशनी कार्की र प्रकाश घिमिरे फिचर भएका छन्।

गायक बब्लुकै कन्सेप्टमा तयार भएको भिडियोमा माओवादी द्वन्द्वकालमा ुकमरेडुहरू बीच हुने प्रेमलाई देखाइएको छ। भिडियोमा बब्लु र रोशनी प्रेमी(प्रेमिका बनेका छन्। माओवादीमा नै हिँडेको समयमा उनीहरूबीच भएको प्रेम र विवाहलाई भिडियोमा समेटिएको छ। भिडियोको अन्त्यमा युद्ध चल्दा बब्लुले आफ्नो श्रीमती रोशनीलाई गुमाउनु परेको देखाइएको छ।

विशाल घिमिरेको निर्देशनमा तयार भएको भिडियोलाई अनिल के मानन्धरले खिचेका हुन्। भिडियोको सम्पादन तथा कलर प्रवीण भट्टले गरेका छन्।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post