अक्षय कुमार : फोब्सको सूचीमा १०० करोड कमाउने एक्ला भारतीय कलाकार !

 कोरखबर   ३ पौष, २०७७


पौष ३,मुम्बई । अमेरिकी बिज्नेस म्यागजिन फोब्सले सन २०२० मा सबै भन्दा धेरै कमाई गर्ने विश्वका एकसय जनाको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा एक्ला भारतिय अक्षय कुमार ५२ औं स्थानमा छन् । कोरोना संक्रमणमा समेत अक्षय कुमार धेरै कमाई गर्नेको सूचीमा परेको म्यागजिनले जनाएको छ ।

सन २०१९ मा उनको कमाई ४४४ करोड भारतीय रुपैया थियो भने यो वर्ष ३५६ करोड रहेको छ । गत वर्ष उनी ५१ औं स्थानमा थिए भने २०१८ मा २७० करोड कमाइ गरेका अक्षय ७६ औं स्थानमा थिए ।

म्यागजिनले उल्लेख गरे अनुसार उनको कमाइको मुख्य स्रोत फिल्म नै हो । फोब्सको सूची अनुसार अमेरिकी मिडिया पर्सनालिटी एवं व्यवसायी काइली जेनर सबै भन्दा धेरै कमाई गर्ने सेलीब्रेटीमा १ नम्बरमा छिन् उनको कमाई ५९० मिलियन डलर रहेको छ ।

दोस्रो स्थानमा अमेरिकी र्यापर कानये वेस्ट दोस्रो र स्विस टेलिस प्लेयर रोजर फेडरर तेस्रो स्थानमा छन् । फुटबल प्लेयर क्रिस्टियानो रोनाल्डो चौथो र लियोनल मेसी पाँचौ स्थानमा छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post