ग्रीनलाइफ हाइड्रोले आईपीओ ल्याउँदै, १ लाख कित्तासम्म आवेदन दिन सकिने !

 कोरखबर   ११ माघ, २०७७



माघ ११,काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ बिक्री खुला गर्न लागेको हो।

यसमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आवेदन दिने समय माघ २३ देखि माघ २७ गतेसम्म तोकिएको छ । सो अवधिमा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

बिक्री प्रवन्धकका रुपमा बिओके क्यापिटल रहेको छ। अनलाइनबाट मेरो सेयरमार्फत अथवा आफ्नो खाता भएको बैंकको जुनसुकै शाखाबाट आवेदन दिन सकिनेछ। कम्पनीले केयर रेटिङबाट एनपी बी प्लस रेटिङ पाएको छ। यसले निष्कासनकर्ता वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको जनाउँछ।

यसअघि प्रभावित स्थनीयका लागि खोलिएको सेयरमा सम्पूर्ण रुपमा बिक्री नभएपछि सो समेत थप गरी अहिले सर्वसाधारणलाई जारी गर्न लागिएको हो।  कम्पनीले दोलखा जिल्लाको खानीखोलाबाट विद्युत उत्पादन गर्नेछ। कम्पनीले ४० मेगावाट क्षमताको आयोजना बनाउँदैछ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post