ठेकेदारले जोरी खोजेपछि माथिल्लो त्रिशूली-१ को काम अवरुद्ध !

 कोरखबर   ८ मंसिर, २०७८



मंसिर ८, रसुवा । रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको काममा बाधा पुगेको छ । चिनियाँ ठेकेदारहरूले स्थानीयहरूसँग जोरी खोजेपछि आयोजनाको काममा समस्या आएको हो ।

२०८३ को मङ्सिर भित्रमा सक्ने गरी काम भइरहेको आयोजनको जिम्मा कोरियाली कम्पनीले पाए पनि ठेकेदार र काम गर्ने धेरै जसो चिनियाँहरू रहेका छन् । ठुलो हकुबेसी र सानो हकुबेसीका स्थानीयले मंसिर ५ गते योजना कार्यस्थलमा विभिन्न माग राखेका थिए ।

तर, चिनियाँ ठेकेदारले सो माग सम्बोधन नगर्दै स्थानीयहरूसँग जोरी खोजेपछि योजनाको काम अवरुद्ध हुन पुगेको हो । चिनियाँ ठेकेदारले आफ्ना (चिनियाँ) कामदारहरूलाई भने काम गर्न लगाइरहेको छ । यद्यपि, स्थानीय कामदारहरूले भने काम रोकेका छन् ।

विवाद सुरु भएसँगै स्थानीयहरूले आयोजनास्थलमा रहेका सवारी साधनको चाबी नै छिनेका छन् । चिनियाँ ठेकेदारहरूले स्थानीयहरूको मागविरुद्ध जाँदा माथिल्लो त्रिशूली आयोजनाको काममा समस्या उत्पन्न भएको हो ।

निर्माण सुरु भएको पहिलो वर्षदेखि नै काममा झमेला सुरु हुन थालेको छ । चिनियाँ पक्षको लापरबाहीले अन्य आयोजना झैँ यो आयोजना पनि समयमै पूरा नहुनेमा आशङ्का उत्पन्न हुन थालेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post