लिखु–४ ले उत्पादन थाल्यो, थपियो ५२. ४ मेगावाट विद्युत !

 रासस   १७ कार्तिक, २०७८



कार्तिक १७, काठमाडौं । सोलुखुम्बु, रामेछाप र ओखलढुंगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माण भएको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ । ग्रिन भेन्चर कम्पनीले निर्माण गरेको आयोजनाबाट शनिबारदेखि विद्युत उत्पादन सुरु भएको हो ।

शनिबारदेखि आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको कम्पनीका अध्यक्ष सुवास संघाईले बताए । उनका अनुसार निर्माण सुरु गरेको ३९ महिनामा सम्पन्न भई आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको छ ।आयोजनाले २ सातासम्म परीक्षण उत्पादन गर्ने र परीक्षणको चरण पूरा भएपछि व्यापारिक उत्पादन सुरु गर्नेछ ।

आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि १७ किलोमिटर दूरीमा रहेको २२० केभी न्यू खिम्ती सबस्टेसनमा जोडिएको छ ।

सबस्टेसनसम्मको प्रसारणलाइन प्रवद्र्धक कम्पनीले निर्माण गरेको छ । आयोजना निर्माण सम्पन्न भई आन्तरिक परीक्षणको चरणमा रहेका बेला गत जेठमा एउटा डिसेन्डर बेसिन भत्किएको थियो । भत्किएको डिसेन्डर बेसिनको पुनर्निर्माण गरी आयोजनाबाट विद्युत उत्पादन सुरु गरिएको हो । भत्किएको संरचनाको पुनर्निर्माण गर्न ५ महिना लागेको पनि सांघाईले बताए । यो आयोजना निर्माण सम्पन्न गर्न सुरुवातमा नौ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो ।

सुरुवातमा यो आयोजना १२० मेगावाटमा निर्माण गर्ने गरी डिजाइन गरिएको थियो । पछि १२० मेगावाटमा निर्माण गर्न सम्भव नदेखिएपछि क्षमता घटाएर ५२।४ मेगावाटमा निर्माण गरिएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post