ईङवा हाइड्रोले आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धक चयन !

 कोरखबर   ९ कार्तिक, २०७८



कार्तिक ९, काठमाडौं । शेयरबजारमा फेरि अर्को हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । ईङवा हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले आईपीओ निष्कासनको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले निष्कासन गर्ने आईपीओको बिक्री प्रबन्धमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा ९.७ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post