२६ कार्तिक , काठमाडौं । रु रु जलविद्युत परियोजनाले चालु आर्थिको वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
पहिलो त्रैमासमा रु रु जलविद्युत परियोजनाले ३ करोड ३३ लाख रुपैयाँ मुनाफा गरेको छ । यो मुनाफा गत वर्षको भन्दा ४.७३५ ले धेरै हो । गत वर्ष यसले ३ करोड १८ लाख रुपैयाँ मुनाफा गरेको थियो ।
यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.६६५ ले बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले विद्युत् बिक्रीबाट ५ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
हाल यसको चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा ७ करोड ९३ लाख रुपैयाँ छ । प्रतिशेयर आम्दानी २९ रुपैयाँ ७३ पैसा रहेको यसको प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ २७ पैसा छ ।