तीन महिनामा १ अर्ब ७२ करोड रुपैयाँको बिजुली बेच्यो माथिल्लो तामाकोसीले

 कोरखबर   ११ पौष, २०७८



पुस ११, दोलखा । माथिल्लो तामाकोसी जलविद्युत्  आयोजनाले  बिजुली बिक्रीबाट १ अर्ब ७२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो  अवधिमा ७१ करोड युनिट बिजुली उत्पादन भएको विवरण छ । 

साउनदेखि बिजुली उत्पादन सुरु गरे पनि २५ भदौदेखि  व्यावसायिक उत्पादन थालेको थियो । देशकै ठूलो आयोजनाको रूपमा रहेको यो आयोजनाले २ अर्ब २८ करोड १० लाख युनिट बिजुली उत्पादनको लक्ष्य छ । 

यो आयोजनाबाट अहिले पीक आवर (माग बढी भएको समय) को ४ घण्टामा ४०० देखि ४५६ मेगावाटसम्म बिजुली उत्पादन भएको कम्पनीले जानकारी गराएको छ । 

उत्पादित बिजुली ४७ किलोमिटर लामो २२० केभी प्रसारण लाइनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएकोम छ । १० अर्ब ५९ करोड चुक्ता पुँजी रहेको यो कम्पनीको पुँजी संरचनामा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बीमा संस्थाको २ प्रतिशत लगानी छ । बाँकी लगानी सर्वसाधारणको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post