गायक प्रकाश सपुतको नयाँ गीत ‘बदला बरिलै’

 कोर खबर   १८ सावन, २०७७



काठमाडौं । गायक प्रकाश सपुतले अर्को एउटा नयां गित सार्वजनिक गरेको छन् । उनको मर्मस्पर्शी गीत ‘बदला बरिलै’ सार्वजनिक भएको छ । सुमधुर स्वरकी धनी गायिका देवी घर्ती मगरको आवाज रहेको उक्त गीतमा प्रकाशकै शब्द तथा संगीत रहेको छ ।

यस गीतले समाजमा बढ्दो बलात्कारको घटनाविरुद्ध बोलेको छ । नायिका केकी अधिकारीले भिडियोमा सशक्त ढङ्गले प्रस्तुत गरेकी छिन्, जसमा ध्रुव कोइरालाको नेगिटिभ अभिनय रहेको छ । भिडियोमा हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतको पनि अभिनय देख्न सकिन्छ ।

अनिल कृष्ण मानन्धरको छायांकन रहेको भिडियोमा प्रविन भट्टको सम्पादन रहेको छ । गायक सपुतले नै निर्देशन गरेको सो भिडियो निकै नै उत्कृष्ट बनेको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post