‘डक्टर डेनिम’ले चलचित्र बनाउने, मनिष राउत नायकमा छानिए

 कोर खबर   १७ सावन, २०७७



काठमाडौं । क्लोथिङ्ग ब्राण्ड ‘डक्टर डेनिम’ले नेपाली चलचित्रमा लगानी गर्ने भएको छ । आगामी बर्ष रिलीज हुनेगरी यो ब्राण्डले चलचित्र निर्माण गर्ने बताइएको छ । प्रेमकथामा बन्न लागेको उक्त अनटाइटल्ड फिल्ममा ‘प्रेम गीत ३’का अभिनेता मनिष राउतले प्रमूख अभिनय गर्नेछन् ।

‘डक्टर डेनिम’को ब्राण्ड एम्बेसडर समेत रहेका राउतको जोडी नायिका भने छनौट नभएको ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताए । यो चलचित्रमा गौतम निर्माता रहनेछन् । आफ्नो ब्राण्डलाई भने प्रस्तुतकर्ताको रुपमा राखिने उनले बताए ।

चलचित्रका निर्देशक, लेखक सहित अन्य टीमको भने जानकारी गराइएको छैन । सामान्यतया निर्देशक तथा लेखकको बारेमा कलाकारहरु भन्दा पहिले जानकारी दिईने गरिने भएता पनि निलुसले बनाउने चलचित्रमा नायकलाई पहिले परिचित गराइएको छ ।

केहि समयमा नै चलचित्रको शिर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताए । मनिष राउतको एउटा पनि चलचित्र रिलीज नभएतापनि दर्शक सामु चर्चित छन् । बिशेष गरी उनको लुक्सबाट प्रभावित दर्शकले उनलाई गत बर्षको अन्तिमदेखी चलचित्र ‘प्रेम गीत ३’मा हेर्न पाउने भएका थिए । तर नोबल कोरोना भाइरसको महामारीको कारण रिलीज अनिश्चित भएपछि मनिषलाई हेर्न पाएका छैनन् । 

उनले ‘प्रेम गीत ३’मा अभिनय गर्ने पक्का भएपछि उनलाई ‘डक्टर डेनिम’ले ब्राण्ड एम्बेसडर बनाएको थियो । ‘मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागी ब्राण्ड एम्बेसडर बनाएका थियौँ । उहाँको क्रेजबाट हामीले हाम्रो ब्राण्ड स्थापित गर्न सफल बन्यौँ ।

अब हामीले उहाँलाई नै लिएर चलचित्र बनाउन लागेका छौँ, निर्माता गौतमले भने ‘मनिषको क्रेज मात्र नभएर उहाँको अभिनय क्षमताले पनि हामी प्रभावित छौँ । हामीले ‘प्रेम गीत ३’ को टीजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केहि लघु चलचित्रको अभिनय हेरेका थियौँ ।

उक्त चलचित्रमा उहाँले गरेको अभिनयले भोलीको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छुु । पुरुषहरुका लागि हरेक प्रकारका कपडाहरुको बिक्रि गर्ने ‘डक्टर डेनिमुमा मनिष पाँच बर्षको लागि ब्राण्ड एम्बेसडर छन् ।

स्क्रिप्ट तयार भइसकेको यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायांकन हुने बताइएको छ । चलचित्रको लागी मनिषको जोडीको रुपमा रहने नायिकाको लागि अभिनय क्षमता सहितकी नयाँ कलाकारको खोजी भईरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post