हरिवंश आचार्यको गाईजात्रा गीत सार्वजनिक (भिडियो)

 कोर खबर   १५ सावन, २०७७



बरिष्ठ हाँस्य व्यांग्य कलाकार हरिबंश आचार्यको शब्द, सङ्गीत र स्वरमा गाईजात्रा गीत सार्वजनिक भएको छ । ‘तिमी केको जान्ने‘’ बोलको गीत मह सञ्चार युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतको भिडियो हेर्नुस् :

https://youtu.be/L1xV78BJNRk

सागर राज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिवंश आचार्य, शशि कुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय रहेको छ । कन्सेप्ट शशि किरणको र हरि हुँमागाईंको छायाँकन रहेको गीतको भिडियोमा सुशिल न्यौपानेको सम्पादन, कलर तथा भिएफएक्स रहेको छ ।

राइज ग्लोबल प्रोडक्शनको प्रि–पोष्ट प्रोडक्सन तथा लक्षु निरौला पोडक्सन संयोजक रहेको गीतलाई पंकज अधिकारीले अङ्ग्रेजी अनुवाद गरेका छन् । गीतको भिडियोमा विक्रम थापाको श्रृङ्गार रहेको छ ।

नेपालको राजनीतिक दलमा रहेको ठुलो, सानो र तँछाड मँछाड भन्ने यर्थाथलाई गीतमा व्यक्त गरिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post